MBBS,MD Endocrinologist & Thyroid
( मधुमेह तथा थाइराईड रोग विशेषज्ञ)
NMC No. 6844

Illu thyroid parathyroid.jpg
महिला वंशाणुगत इतिहास रोग प्रतिरोधात्मक क्षमतामा ह्रास धुम्रपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर तथा विकिरण उपचार गरेकाहरू ‘हाइपरथाइराइडिज्म’ हुनसक्ने जोखिम समूहमा पर्छन्। प्रौढ उमेर, महिला, वंशाणुगत इतिहास, पहिले थाइराइडसम्बन्धी रोग भएका -गलगाँड, ग्रन्थिको शल्यक्रिया वा विकिरण चिकित्सा), दीर्घरोगीहरू जस्तै मधुमेह, रक्तअल्पता, रोग प्रतिरोधात्मक क्षमता कमी भएका, ढिके नुन सेवन गर्ने ‘हाइपोथाइराइडिज्म’को जोखिम समूहमा पर्छन्। ६० वर्षभन्दा बढीका करबि २० प्रतिशत महिलालाई यो रोगका केही लक्षणहरू देखिन्छन्, तीमध्ये प्रतिवर्ष २-५ प्रतिशत महिलालाई यो रोग लाग्छ।
बिरामीको इतिहास, शारीरकि परीक्षण -आँखा, छाला, मुटु, स्नायु प्रणाली, थाइराइड ग्रन्थि), थाइराइड अल्ट्रासाउन्ड, वायोप्सी, सीटीस्क्यान, प्रतिजैविक परीक्षण आदि विविध परीक्षणहरूभन्दा रक्त परीक्षणबाट यो रोगको निदान हुन्छ। रक्त परीक्षणमा यदि टी-३, टी-४ बढेमा र टीएसएच घटेमा हाइपोथाइराइडिज्म पत्ता लाग्छ। त्यस्तै, यदि टी-३ र टी-४ घटेमा तथा टीएसएच बढेमा हाइपोथाइराइडिज्मको निदान हुन्छ। स्वस्थ व्यक्तिमा ती हार्मोनहरू घटबढ नभई सामान्य मात्रामा हुन्छन्।
copyright ©2025 Gosaikunda health care centre.
All Right Reserved.
Satdobato-chowk-near Salesberry Lalitpur -Nepal