Dr. Madhu Tumbahamphe

Senior Consultant Obstetrician & Gynaecologist(स्त्री रोग विशेषज्ञ) NMC No. 984

महिनावारी (रजस्वला) Periods



१.महिनावारी (रजस्वला) Periods महिनावारी भनेको तपाईंको योनिबाट प्रत्येक महिना रगत निस्कने प्रक्रियालाई महिनावारी भनिन्छ। तपाईंको शरीरको रजस्वला चक्रको प्राकृतिक भाग महिनावारी हो। तपाईंको रजस्वला चक्रले तपाईंको शरीरलाई सम्भावित गर्भवती हुन तयार गर्दछ। यदि तपाईं गर्भवती हुनुहुन्न भने, हार्मोनले बनाएको पाठेघरको तह तपाईंको योनिमार्ग हुदै बाहिर निस्कन्छ। यो तपाईंको महिनावारीको सुरुवात हो।
महिनावारी कहिले सुरु हुन्छ? अष्ट्रेलियामा, तपाईंको पहिलो महिनावारी हुने औसत उमेर १२ देखि १३ वर्षको हुँदा हो, तर यसको सुरुवात चाडैंमा ९ वर्ष देखि र ढिलोमा १६ वर्ष सम्म हुन सक्छ। यदि तपाईंको महिनावारी १६ देखि १७ वर्षको उमेरसम्म पनि सुरु भएको छैन भने आफ्नो डाक्टरलाई भेट्नुहोस्।
महिनावारी कहिले बन्द हुन्छ? तपाईंको अन्तिम महिनावारीलाई 'रजोनिवृत्ति' भनिन्छ। अष्ट्रेलियामा, रजोनिवृत्ति हुने औसत उमेर ५१ देखि ५२ वर्ष सम्म हुन्छ, तर यो ६० वर्षको उमेर सम्म पनि हुन सक्छ।
औसत महिनावारी चक्र कति लामो हुन्छ? तपाईंको महिनावारी चक्रमा तपाईं महिनावारी भएको पहिलो दिनदेखि सुरु गरि अर्को महिनावारी हुने अघिल्लो दिनसम्म को अवधि मापन गरिन्छ। सबैका चक्र फरक हुन्छन्। महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ।
आफ्नो डाक्टरलाई कहिले भेट्ने यदि तपाईं आफ्नो महिनावारीका बारेमा चिन्तित हुनुहुन्छ भने आफ्नो डाक्टरलाई भेट्नुहोस्। उदाहरण को लागी, यदि: तपाईंको महिनावारी एक ढाँचामा चल्दैन (अर्थात् की आघि पछि हुन्छ, वा सामान्य भन्दा छोटो वा लामो समय सम्म रहन्छ) तपाईंको महिनावारीनै हुदैन| तपाईंको महिनावारी सुरु हुदा गम्भीर भावनात्मक वा मनोवैज्ञानिक संकट को अनुभव गर्नुहुन्छ लक्षणहरूले तपाईंको जीवनको गुणस्तरलाई असर गर्छ।


२.Vulval and vaginal health - योनिमुख (भग) र योनिको स्वास्थ्य आफ्नो योनिमुख र योनि (स्त्री गुप्तांग) को हेरचाह गर्नु महत्त्वपूर्ण हुन्छ। यस भागलाई असर गर्ने धेरै तत्वहरू साधारण हुन्छन् र उपचार गर्न सजिला छन्। तर यदि तपाईं यस बारे चिन्तित हुनुहुन्छ भने तपाईंको डाक्टरसँग कुरा गर्नु महत्त्वपूर्ण हुन्छ। कतिपय मानिसहरूले योनिमुख र योनी एउटै कुरा ठान्छन् - तर यी फरक हुन्छन्। तपाईंको योनिमुख स्त्री जननांग को बाहिरी भाग हो जुन तपाईंले देख्न सक्नुहुन्छ। तपाईंको योनि तपाईंको शरीर भित्र हुन्छ। यो तपाईंको योनिमुख देखि गर्भाशय को मुख सम्म फैलिएको हुन्छ। तपाईंको योनि त्यहाँ छ जहाँ पाठेघरबाट तपाईंको महिनावारी हुँदा रगत बग्छ, जहाँ बाट लिङ्ग ग्रहण गरिन्छ (जस्तै यौन सम्पर्क) र जहाँ बाट बच्चाहरू जन्मन्छन्। योनिमुख र योनिको दुखाइयोनिमुख र योनिको दुखाइ विभिन्न चीजहरूको कारण योनिमुख र योनिमा दुखाइ हुन सक्छ। उदाहरणका लागि, संक्रमण, छालाको अवस्थाहरु, पेल्भिक फ्लोरको मांसपेशीमा कसिलोपन हुने, स्नायुमा क्षति र शल्यक्रिया वा बच्चा जन्माउँदा तन्तुको क्षति। यदि तपाईं योनिमुखको चिडचिडाहट, स्राव वा दुखाइको बारेमा चिन्तित हुनुहुन्छ भने आफ्नो डाक्टरलाई भेट्नु महत्त्वपूर्ण हुन्छ।

Contact us to know more

copyright ©2025 Gosaikunda health care centre.
All Right Reserved.
Satdobato-chowk-near Salesberry Lalitpur -Nepal